सिफारिस

रानाथारु भाषाको व्याकरण र शव्दकोष सार्वजनिक

धनगढी : थानाथारु भाषाको व्याकरण र शब्दकोष सार्वजनिक भएको छ ।

भाषा आयोगको सहकार्यमा कञ्चनपुरको लालझाडी गाउँपालिकाले प्रकाशन गरेको सो व्याकरण र शब्दकोष किताब लोर्कापण गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयका डीन डा. दुबि नन्द ढकाल, राजकुमार राना र कमल सिंह रानाद्वारा लिखित सो किताब शनिबार एक कार्यक्रमका बीच लोर्कापण गरिएको छ । नेपाल रानाथारु महिला संघ कञ्चनपुरको आयोजना भएको कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका डीन डा. ढकालले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख त्रैलोक्यमान बनेपाली, लालझाडी गाउँपालिका प्रमुख निर्मल राना, साहित्यकार पदम राना, नेपाल सस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरीलगायतको उपस्थिति रहेको थियो ।

पुस्तकले रानाथारु समुदायको भाषा विकास तथा रानाथारू भाषा लेखनमा शुद्धता र एकरुपतामा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?