कैलाली । कैलालीको बर्दगोरियामा पालिका स्तरीय डान्स च्याम्पियनसिप सिजन १ आयोजना हुन भएको छ। बर्दगोरिया गाउँपालिकाको कला सस्कृतिको उजार गरि पर्यटन प्रवर्द्धन र यहाँको विकास समृद्धिमा टेवा पुर्याउने उदेश्यले डान्स च्याम्पियनसिपको आयोजना गरिएको जनाइएको छ ।


उक्त च्याम्पियनसिप बफादार मिडिया प्रा.लि.को आयोजना तथा सहयोगी बेलुवा युवा क्लबको सहआयोजनामा सञ्चालन हुने लागेको आयोजकले सोमबार बौनियामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
डान्स च्याम्पियनसिपमा बर्दगोरिया गाउँपालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयमा अध्यनरत कक्षा १ देखि १२ सम्मका इच्छुक विद्यार्थिले सहभागिता जनाउन सक्नेछ्न । उक्त डान्स च्याम्पियनसिपका लागि आउँदो कात्तिक २० गतेबाट विभिन्न विद्यालयमा अडिसन सुरु हुने आयोजकले जनाएको छ ।
च्याम्पियनसिप बन्नेले नगद बीस हजार म्युजिक भिडियो निर्माण तथा ट्रफी प्राप्त गर्नेछ भने द्धितीय हुनेले नगद १५ हजार ट्रफी र तृतीय हुनेले १० हजार नगद र ट्रफी पाउनेछ्न । कार्यक्रम सफल पार्न करिब ५ लाख रुपैयाँ बराबर खर्च हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा यहाँका झन्डै २ सय विद्यार्थी सहभागी हुने जनाइएको छ ।


