काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।


कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।


