काठमाडौ । नेपाली संगीत क्षेत्रमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डाक्टर आदित्य जोशीको प्रस्तुतिमा तयार गरिएको गीत “हावा चलेछ क्यारे” हालै दर्शक–श्रोतामाझ ल्याइएको हो।
सामिक्षा अधिकारी र चिकित्सक आदित्य जोशीको सुमधुर स्वरमा सजिएको यस गीतका शब्द डाक्टर जोशीले लेख्नुभएको हो। गीतको संगीत कर्ण सञ्ज्याल र डाक्टर आदित्य जोशीको संयुक्त रहेको छ।

यस गीतको भिडियोमा सरोज प्रजा र पार्वती श्रेष्ठको अभिनय देख्न सकिन्छ। मेडिकल क्षेत्रसँगै संगीतलाई अघि बढाउँदै आएका डाक्टर जोशीको यो गीत Medicine and Music को आधिकारिक युट्युब च्यानलमार्फत यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतले छोटो समयमै दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।
भिडियो हेर्नुहोस ।


