बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सञ्चालित ६० दिने सिलाइकटाई तालिम बुधबार सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत तालिम संचालन गरिएको थियो ।
महिलाहरुलाई सीप सिकेर उधमशील र आत्मनिर्भर गराउने उदेश्यले सिलाइकटाई तालिम प्रदान गरिएको हो । मालिका प्राबिधिक शिक्षालयसङ्गको समन्वयमा संचालित तालिममा वडाका २० जना महिलाले सहभागिता जनाएका थिए । संस्थाका अध्यक्ष डम्बर साउदको सभाध्यक्षतामा भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिको प्रमुख आतिथ्यता रहेको थियो । भने विशिस्ट अतिथिका रूपमा वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । कार्यक्रमममा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले आफ्नो वडाका महिला दिदिबहिनीहरूको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुग्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। उनले अवसर पाए महिलाहरुले जुनसुकै काम गर्न सक्ने भएकाले आत्मनिर्भर बनाउन तालिम प्रदान गरिएको बताए । उनले पछिल्लो समय सिलाइकटाइ व्यवसायको सम्भावना राम्रो रहेकाले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै व्यवसायीक बन्न आग्रह गरे ।
६० दिनसम्म चलेको तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
काठमाण्डौ – पर्वतमा आठ प्रजातिका गहुँबालीबारे अनुसन्धान गर्न थालिएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवाले पर्वतको फलेवास नगरपालिकाका विभिन्न…