बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँलिकाले अनुदानमा उन्नत धानको बीउ वितरण सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा पालिकाको कृषि शाखाले सोमबारदेखि यहाँका किसानलाई धानको बीउ वितरण गर्न थालेको हो।
पालिका अध्यक्ष कर्ण बहादुर कुवरले सोमबार धानको बीउ वितरणको सुरुवात गरेका हुन्। पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको धानको उत्पादनमा ह्रास आउदै गएपछि नयाँ जातको धान अन्तरगत (सर्जु ५२) जातको बिउँ वितरण गरिएको पालिकाका कृषि शाखा प्रमुख झङ्कर रावतले सुदुरचित्रलाई बताए ।
उनकाअनुसार कृषकहरुलाई धानको बिउँ महगोका कारण किन्न गाह्रो नहोस भन्ने कुरालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा बिउँ वितरणको कार्य थालिएको हो ।


बर्दगोरिया गाउँपालिकामा धान खेती भएपनि बर्षौदेखि एउटै बिउँको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोग किराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउँ उत्पादन गरेर धान उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि शाखा प्रमुख रावतले बताए ।