बर्दगोरिया । जनस्वास्थ्यका हिसाबले नागरिकको एक ठुलो समस्याका रूपमा देखिएको सर्पदंशको उपचार अब दोदोधरा अस्पतालमै संन्चालमा आउने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको दोदोधरा अस्पतालले जेठ दुई गतेदेखि सेवा संचालनको तयारी थालेको हो ।


स्थानीय अस्पतालबाटै सर्पदंशको उपचार सेवा सुरु हुनेभएछी सर्पदंशबाट उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको भने अन्त्य हुनेछ । यसअघि यस क्षेत्रमा सर्पदंशको उपचारको लागि नागरिकले गौरीगङगा र धनगढी पुग्नुपर्ने बाध्यता रहेको थियो ।
सर्पदंसको उपचारका लागि अस्पताल सँग दक्ष र तालिम प्राप्त जनशक्ति पर्याप्त रहेको दोदोधरा अस्पतालका प्रमुख डा किशोर अधिकारीले बताए । नेपालमा तराई क्षेत्रमा हरेक वर्ष गर्मी मौसम र मनसुनका बेला सर्पदंशका घटना धेरै हुने गरेको पाइन्छ ।
वातावरणीय सन्तुलनका लागि सर्पहरूको भूमिका जरुरी रहेपनि सर्पको टोकाइले मानव जीवनमा गम्भीर खतरा निम्त्याउन सक्छन् र समयमै उपचार हुन नसके मानिसको ज्यानसमेत जानसक्छ।