बर्दगोरिया १ मा रहेको बालकन्या माविको नवनिर्मित भवनको अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बालकन्या माद्यमिक विद्यालयको अनुगमन गरिएको छ । मंगलबार पालिका उपाध्यक्ष गणेश राज गिरिसहितको टोलिले विद्यालयको अनुगमन गरेको हो ।

टोलिमा उपाध्यक्ष गिरिसहित पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता मिथुन गौतम, कार्यपालिका सदस्य सरस्वती कामी,विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त खतिवडा र प्राविधिकसहितको सहभागिता रहेको थियो ।

Oplus_131072

टोलिले विद्यालयको नवनिर्मित भवन, विद्यालयको भौतिक संरचनाको स्थलगत निरीक्षणसहित विद्यालयको शैक्षिक प्रगतिका बारेमा कक्षा अबलोकन समेत गरेको बिद्यालयकी प्रधानाध्यापक सुशीला कुवरले बताइन ।

विकास र समृद्धिको मागर्बाट कसरी बर्दगोरियालाई नमूना पालिका बनाउन सकिन्छ ? भनेर पालिकाले मातहतका सबै निकाय, संस्था तथा योजनाका बारेमा निरन्तर अनुगमन गर्दै आएको छ ।