कैलाली कारागारमा एक थुनुवाकाे मृत्यु

धनगढी । कैलाली कारागारमा एक थुनुवाकाे मृत्यु भएको छ ।जबरजस्तीकरणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चाैधरीकाे साेमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार रिंगटा लागेकाे भनेपछि चाैधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याइएको केहीबेरमै चिकित्सकले चाैधरीलाई मृत घाेषणा गरेका थिए ।उनकाअनुसार जबरजस्तीकरणी मुद्दामा थुनामा राखिएका चाैधरीलाई उच्च रक्तचापकाे समस्या थियो । ढुंगानाले चिकित्सकले उच्च रक्तचापकै कारण चाैधरीकाे मृत्यु भएकाे कबताएका छन् । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उनको भनाइ छ ।