बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा विद्यार्थी र युवाहरुलाई लक्षित गरि संचालन गरिएको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा यहि जेठ ९ गतेदेखि संचालन गरिएको सचेतनामुलक कार्यक्रम आइतबार सम्पन्न भएको हो ।


कार्यक्रममा पालिकाभित्र रहेका ११ वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्यनरत झन्डै १५ सय विद्यार्थीलाई सचेतना, उत्प्रेणा तथा सकारात्मक सोच सम्बन्धि ज्ञान प्रदान गरिएको छ । उनीहरूलाई वरिष्ठ अधिवक्ता गणेश कडायत, पत्रकार युवराज न्यौपाने ,ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागी छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएका छ्न । साथै उनीहरूले समाजमा बालबिबाह न्यूनीकरणको अभियान संगै जातीय विभेदविरुद्ध पनि आफुहरु सक्रिय हुने प्रतिबद्धता जनाएका छ्न ।