“हलाल गर्‍या छयौ” बोलको गजल गीत सार्वजनिक

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रको भिडमा “हलाल गर्‍या छयौ” बोलको गजल गीत सार्वजनिक भएको छ । केही दिन अघि मात्रै सार्वजनिक भएको उक्त गजल गीतमा नेपाली सांगीतिक क्षेत्रमा बहु प्रतिभाको पहिचान बनाएका गायक कर्ण संज्याल र पवन रानाभाटको स्वर सजिएको छ । “नदिएर तन मन, मुटु कलेजी अर्पिनेलाई ,दिएर प्रेमिल मरण, खुबै उछाल गर्या छौ गर्न पनि त तिमिले क्या! कमाल गर्या छौ जस्ता निकै मर्मस्पर्शी शब्दहरु रहेको यो गीतका रचनाकार भने तेज श्रेष्ठ (अन्जान) हुन ।

यो गजल गीतलाई Auto-generated by YouTube मार्फत बजारमा ल्याइएको हो । यस गीतमा गायक कर्ण सन्ज्यालले स्वयं संगीत भरेका छ्न भने एरेन्ज/ मिक्सिङ मास्टरिङ पवन रानाभाटको रहेकोे छ ।

मायाप्रेम र विछोडपछिको वियोगान्तमा आधारित यो गजल गीतले धेरैको मनमुटुमा बास बसाउन सफल हुने विस्वास निर्माण पक्षले गरेको छ ।