बौनिया । कैलालीको बर्दगोरीया गाउँपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम हुने भएको छ ।
युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोड कार्यक्रम घैटाफोड तथा सास्कृतिक समितिको आयोजनामा यहि भाद्र १ गते बौनियामा हुने शुक्रबार समितिका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी गराएका हुन ।

लामो समय देखि बौनिया बजारको शानका रुपमा रहेको आकाशे घैटाफोड विगत केहि वर्ष देखि सडकपुर बौनिया युवा क्लबले आयोजना गर्दै आएको छ । आकाशे घैटाफोड कार्यक्रम अवलोकनका लागी कैलाली जिल्लाका करीब ३० हजार भन्दा बढि दर्शकले अवलोकन गर्ने अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।
बौनियामा घैटोफोड कार्यक्रम गर्दा यहाँको व्यपार व्यवसायमा पनि बृद्धि हुने अध्यक्ष ओझाले जानाकरी दिए । विगतका वर्षहरुमा जस्तै एक दिन श्री कृष्ण जन्माअष्टीको भोली पल्ट कार्यक्रम संचालन हुदै आएको छ।
कार्यक्रममा आकाशे घैटोफोडने टीमलाई नगद ५१ ह्जार ५ सय ५५ रुपैया प्रदान गरीने छ । यसै गरी भुई घैटाफोडनेलाई ५ हजार ५ सय ५५ , पाईप चढाईमा ७ हजार ५ सय ५५, महिलाहरुको कुर्सी दौडमा विजेता हुनेलाई ३ हजार ५ सय प्रदान गरीने अध्यक्ष ओझाले जानकारी दिए ।