आज हरितालिका तिज, कस्तो रहला मौसम ?

कैलाली ।आज (भदौ १०,मंगलबार) तीज, मौसम पूर्वानुमान महाशाखाले दिउँसो र रातिको सम्भावित मौसमबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली (आकाशभरि बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) रहनेछ।

कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति : देशको पहाड क्षेत्रमा साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।