बर्दगोरिया । नेपालको संविधानमा कक्षा १ देखि कक्षा १२ सम्मको माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने उल्लेख छ। तर, माध्यामिक तह सम्मको शिक्षा निशुल्क हुन सकेको छैन ।
माध्यामिक तह सम्मको शिक्षालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको मातहतमा आएपछि निशुल्क शिक्षा बनाउने केही प्रयासहरु भने भएका देखिन्छन् छन् ।
संघीय संरचना अनुसार माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा प्रदान गरिएपछि स्थानीय तहले माध्यामिक तह सम्मको शिक्षालाई निःशुल्क बनाउने योजनाहरु अघि सारेका छन् । यस्तै योजना अघि सार्नेमा कैलालीको बर्दगोरिया गाउँपालिकाले समेत कदम चालेको छ। पालिकाले यसै वर्ष २०७९ देखि सामुदायिक विद्यालयमा मावी (९-१०) सम्मको पढाईलाई पुर्णरूपमा निशुल्क बनाउने नीति तथा कार्यक्रम पास गरि लागुगर्ने भएको छ ।
बर्दगोरिया गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लागि बजेट, नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँसभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदिप) ले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्दै यसै वर्ष २०७९ देखि मावी (९-१०) सम्मको पढाईलाई पुर्णरूपमा निशुल्क बनाउने जानकारी दिए ।
शुक्रबार भएको पालिकाको १० औ गाउँ सभामा आर्थिक वर्ष ०७९/८० को लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्बजनिक गरिएको हो ।