बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा सप्पन्न गरेको छ ।सोमबार पालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य सस्थाका प्रमुखहरू, जनप्रतिनिधिहरु सहभागी थिए । समिक्षा कार्यक्रममा गाउँपालिका अन्तरगत गरिएका स्वास्थ्य गतिविधिको प्रगति एव भावी योजनाको बारेमा छलफल गरिएको छ ।कार्यक्रममा पालिकाको समग्र स्वास्थ्य स्थितिका बारेमा स्वास्थ्य शाखा प्रमुख मीन धामीसहित ६ वटै वडामा रहेका स्वास्थ्यचौकी तथा इकाई प्रमुखले आर्थिक वर्ष ०८०/०८१ मा गरिएका कार्यक्रम र गतिविधि बारे प्रस्तुतिकरण गरेका थिए ।सो क्रममा उनीहरूले गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा पालिकाभर सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएको जानकारी दिए । यसैगरी उनीहरूले वडास्तरमा भएका स्वास्थ्य इकाइ तथा स्वास्थ्य चौकीमा भएको बिजुलि बत्ती, खानेपानी ,पुर्वाधार लगाएतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न स्वास्थ्यकर्मी, स्वास्थ्य इकाई प्रमुख ,पत्रकार एवम् स्वास्थ्यका क्षेत्रमा काम गरि महत्वपूर्ण भुमिका निर्बाह गर्ने व्यक्तिहरुला सम्मान गरिएको छ । उनीहरूलाई पालिका उपाध्यक्ष गणेश राज गिरि, प्रशासन शाखा प्रमुख अधिकृत गोविन्द रेग्मीले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेका छ्न ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले जनताको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखी पालिकाले कार्यहरू गर्दै आएको भन्दै आगामी दिनमा समेत थप प्रभावकारी तवरले कामकारबाही अगाडि बढाउने पालिकाले लक्ष्य लिएको बताए । उनले जनताको स्वास्थ्यका लागि पालिकाले उच्च तवरले लगानी र कार्यक्रम गर्दै आएको भन्दै नागरिकको स्वास्थ्य सेवामा मर्यादित र इमानदारीताका साथ काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव समेत दिए ।
कार्यक्रम पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यक्षतामा सम्पन्न भएको हो ।