बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले अबैध रुपमा उत्पादन गरेकाे मदिरा बरामद गरि नस्ट गरेको छ । पालिकाका विभिन्न स्थानमा अवैध घरेलु मदिराको उत्पादन र बिक्रीवितरण भईरहेको जानकारी पश्चात् ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले खोजी कार्य तीब्र पारेको थियो ।सोही कार्यअन्तर्गत पालिकाको वडा नम्बर ३ र वडा नम्बर ४ का बजार र गाउँ क्षेत्रका घर तथा होटेलबाट अबैध रुपमा उत्पादन गरिएको र बिक्रीवितरण गर्न राखिएको घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । बिहिवार मात्रै प्रहरीले केही दिन अगाडि बरामद गरिएको दुई सय ७५ लिटर मदिरा नस्ट गरेको छ । वडा नम्बर १ कि वडा सदस्य तथा कार्यपालिका सदस्य सरस्वती विक, बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष देव राज स्वार लगाएत सरोकारवाला निकायको रोहवरमा सो अबैध मदिरा नस्ट गरिएको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीर बहादुर थापाले जानकारी दिए ।