पृथ्वीपुर । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा यसपर्ष पनि तिर्थ माघी मेला संचालन हुने भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुङरखालले गतवर्ष झै यसपटक पनि माघी मिलन तथा तिर्थ धार्मिक मेलाको आयोजना गर्ने भएको हो ।आइतबार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा बसेको बैठकले थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने मुख्य उदेश्यसहित मेला संचालन गर्ने निर्णय गरेको हो ।
बैठकले तिर्थ माघी मेला संचालनको लागि कलम बहादुर डगौराको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । जसको कोषाध्यक्षमा प्रावती देवि डगौरा, सचिबमा दुर्गा देवि सिंहलगाएत अन्य सदस्य रहेका छ्न ।
रामजानकी धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गर्न लागिएको मेलाको विशेष गरी थारु समुदायको नयाँ बर्षका रुपमा लिदै आएको माघी पर्वको अवसर पारी माघ १ गते उद्घाटन गरिनेछ ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रामजानकी मन्दिरको प्राङ्गण ,सुङरखालमा हुने कार्यक्रममा विभिन्न स्ट्ल ,राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै विभिन्न झाकीहरुको समेत प्रस्तुती रहने छ ।
माघ १ गतेदेखि संचालन हुने मेला एक हप्तासम्म संचालन हुने जनाइएको छ ।