काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। त्यसैगरी बंगालको खाडीमा विकसित चक्रवात ‘फेनजल’ कोसमेत आंशिक प्रभाव नेपालको मौसममा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोसी र मधेससहित गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज राति पनि कोसी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।