काठमाडौ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बीनि प्रदेश र कोसी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदली छ। देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मध्य र पूर्वी तराईका धेरे भूभागमा हुस्सु र थोरै भूभागमा अलिे कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
कस्तो होला अबको ३ दिन देशभरको मौसम?
२०८१ मंसिर २४ गते सोमबार
दिउँसोː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बीनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
२०८१ मंसिर २५ गते मंगलबार
दिउँसोː कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
रातिː कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
२०८१ मंसिर २६ गते बुधबार
दिउँसोː कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
रातिː कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ र बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।