बर्दगोरिया । कैलालीको बर्दगोरियामा प्रथम विद्यालय स्तरीय जिल्ला व्यापी छात्रा/छात्र फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्रतर्फ बर्गिस टीकापुर उपाधी उचाल्न सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा खड्ग मेरोरिय (बर्गिस) टीकापुरले राष्ट्रिय मावि देउकलियालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मावि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ ।
यसैगरि छाततर्फ कर्णाली मावि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मावि टीकापुरले माउन्ट सैपाल टीकापुरलाई ट्राईबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । उपाधी संगै कर्णाली माविले नगद ५१ ह्जार ,ट्रफि संगै प्रामणपत्र पाउँदा उपाधी बाट बन्चित भएको माउन्ट सैपाल बिधालयले नगद ३१ ह्जार ट्रफि संगै प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि विशिस्ट अतिथी रहनु भएको थियो ।
प्रतियोगिता समापन गर्दै पालिका अध्यक्ष कुँवरले भने प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेलेको छ । प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै पालिका बाट हुने सहयोग गर्ने बताए । उनले भने खेल हो हार जित हुन्छ त्यसमा आतिनु हुदैन आज हार भए भोलि जित हुन्छ त्यसैले खेल क्षेत्रलाई नछोड्न अनुरोध गरे ।
प्रतियोगितामा छात्रतर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी राष्ट्रिय मावि का चेतन शाही बन्न सफल भए । उनले नगद ५५ सय प्राप्त गरेका छन भने सर्बाधिक गोलकर्ता पनि चेतन शाहीनै बन्न सफल भए । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक मोरल नेप्लिजका सुरेन्द्र भाट बन्न सफल भए उनले नगद ३१ सय प्राप्त गरेका छन ।
यसैगरि प्रतियोगिताको उदयमान खेलाडी राष्ट्रिय मावि का बिकेश सहकारी बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट डिफेन्डर बर्गिसका नितेश रावल बन्न सफल भए । उनले नगद ३१ सय संगै ट्रफी हात पारे । यसै गरि उत्कृष्ट प्रशिक्षक बर्गिसका हेमराज क्षेत्री भए उनले पनि नगद ३१ सय प्राप्त गरे । यसै गरि छात्र तर्फ राष्ट्रिय मा वि का ग्रीस जाग्री उत्कृष्ट मिड फिल्डर बन्न सफल भए । उनले नगद ३१ सय हात पारे ।
प्रतियोगितामा छात्रातर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी माउन्ट सैपालकी उषा शाही बन्न सफल भईन । उनले नगद ५५ सय प्राप्त गरेकि छन भने सर्बाधिक गोल कर्ता उषा शाही नै बन्न सफल भईन । उनले नगद ३१ सय प्राप्त गर्दा उत्कृष्ट गोल रक्षक कर्णाली मा वि कि श्रीषा चौधरी बन्न सफल भइन उनले नगद ३१ सय प्राप्त गरेकि छन ।
प्रतियोगिताको उदयमान खेलाडी कृष्ण मावि कि गिता बुढा बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । यसै गरि कृष्ण मा वि कि शान्ति बि क उत्कृष्ट डिफेन्डर बन्न सफल भईन । उनले नगद ३१ सय संगै ट्रफी हात पारिन । प्रतियोगितामा मिड फिल्डर छात्रा तर्फ बालकल्याण कि बिस्णा बस्नेत बन्न सफल भइन । उनले नगद ३१ सय हात पारिन ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ का अध्यक्ष गोबिन्द बि क, ३ का अध्यक्ष मन्ऋषी आचार्य ,कार्यापालिका सदस्य सरस्वती बि क, मिरा आलेमगर, गुरुकुल इङ्लिश मेडियम स्कुलका संस्थापक माधव थापा लगाएतको सहभागिता रहेको थियो । प्रतियोगितामा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागीता रहेको थियो ।