बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा सोमबारदेखि मन्टेश्वरी तालिम सुरु भएको छ । वडा नम्बर ६ को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कार्यालयले यहाँका सामुदायिक विद्यालयका वालबिकास कक्षामा अध्यापनरत शिक्षिका र सहजकर्ता तथा अवसरको खोजिमा रहेकाहरुको लागि आधारभुत तालिमको सुरुवात गरेको हो ।वडामा रहेका विभिन्न विद्यालयका शिक्षिकाहरु सम्मीलित तालिममा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी गर्नका लागि तालिम सुरु गरिएको जनाइएको छ ।
तालिमको सोमबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) ले उद्घाटन गर्नुभएको छ । तालिममा वडा नम्बर ६ भित्रका विभिन्न सामुदायिक विद्यालयका १५ जना बढी बाल बिकासमा अध्यापनतर शिक्षिकाहरु, सहजकर्ता तथा मन्टेस्वरी तालिमको खोजिमा रहेकाहरुको सहभागीता छ ।
तालिममा सहभागीलाई बाल बिकास विषेशज्ञ सविता तिमिल्सिनाले प्रशिक्षण तथा सहजीकरण गरिरहनु भएको छ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षादेखि पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै यहाँका सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार मन्टेस्वरी कक्षा सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने काम वडा कार्यालयले थालेको हो ।
उहाँले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना गर्नुपर्नेमा विशेष ध्यानदिनुपर्ने बताउनुभयो ।
उहाँले बालवालिकाको सिकालाई प्रभावकारी र गुणस्तरीय बनाउन घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सकेमात्र उपलव्धी फलदायी हुने हुँदा व्यवहारिक र मेहेनतका साथ तालिममा सहभागी भई सीपलाई व्यवहारमा लागुगर्नु पर्ने सहभागीलाई सुझाव दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा सदस्य हिक्मत कठायत, अमर सिंह दहित, नेहा चौधरी ,धनसरा सुनार ,वडासचिब मदन जोशी लगाएतको उपस्थिति रहेको थियो ।