कैलाली । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कैलालीको जानकी गाउँपालिका प्रथम भएको छ । जानकीले आर्थिक वर्ष २०८०/८१ को प्रारम्भिक नतिजामा ८४ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जानकीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १८ दशमलव ५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २३ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १६ प्रतिशत, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा ११ दशमलव ५ र राजस्व व्यवस्थापनमा १५ प्रतिशत अङ्क प्राप्त गरेको जनाइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा कैलालीको १३ स्थानीय तहमध्य गोदावरी नगरपालिकाले ७८ दशमलव ५, धनगढी उपमहानगरपालिकाले ७८, मोहन्याल ७५ दशमलव ५, भजनी नगरपालिकाले ७१ दशमलव ५, चुरे गाउँपालिकाले ६२ र बर्दगोरिया गाउँपालिकाले ५३ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यसैगरी जोशीपुर गाउँपालिकाले ४९, कैलारी गाउँपालिका र टीकापुर नगरपालिकाले ३७- ३७ अङ्क प्राप्त गरेका छ्न भने गौरीगङ्गा नगरपालिकाले सबैभन्दा कम ३६ प्रतिशत अङ्क मात्रै ल्याएको छ ।
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन, मूल्याङ्कन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्याङ्कनका विषयक्षेत्रमा जानकी गाउँपालिकाले अधिकतम अङ्क ल्याउन सफल भएको बताइएको छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिँदै आएको छ ।
स्थानीय तहको बित्तीय प्रणाली व्यवस्थित, पारदर्शी,विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय बित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको बित्तीय सुशासनलाइ संस्थागत गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय सरकारले स्थानीय तह बित्तीय सुशासन मूल्याङकन कार्यविधि जारी गरेको छ।