बर्दगोरियामा यसै वर्षदेखि मावि १० सम्म पुर्ण रूपमा निशुल्क शिक्षा प्रदान गरिने
बर्दगोरिया । नेपालको संविधानमा कक्षा १ देखि कक्षा १२ सम्मको माध्यामिक तह सम्मको शिक्षालाई निशुल्क बनाउने उल्लेख छ। तर, माध्यामिक तह सम्मको शिक्षा निशुल्क हुन सकेको छैन ।
माध्यामिक तह सम्मको शिक्षालाई व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको मातहतमा आएपछि निशुल्क शिक्षा बनाउने केही प्रयासहरु भने भएका देखिन्छन् छन् ।
संघीय संरचना अनुसार माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा प्रदान गरिएपछि स्थानीय तहले माध्यामिक तह सम्मको शिक्षालाई निःशुल्क बनाउने योजनाहरु अघि सारेका छन् । यस्तै योजना अघि सार्नेमा कैलालीको बर्दगोरिया गाउँपालिकाले समेत कदम चालेको छ। पालिकाले यसै वर्ष २०७९ देखि सामुदायिक विद्यालयमा मावी (९-१०) सम्मको पढाईलाई पुर्णरूपमा निशुल्क बनाउने नीति तथा कार्यक्रम पास गरि लागुगर्ने भएको छ ।
बर्दगोरिया गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लागि बजेट, नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँसभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदिप) ले आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्दै यसै वर्ष २०७९ देखि मावी (९-१०) सम्मको पढाईलाई पुर्णरूपमा निशुल्क बनाउने जानकारी दिए ।
शुक्रबार भएको पालिकाको १० औ गाउँ सभामा आर्थिक वर्ष ०७९/८० को लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्बजनिक गरिएको हो ।
राजनीतिमा सक्रिय बनेका शिक्षक कर्मचारीलाई ७ दिनभित्र राजीनामा दिन जोशीपुर गाउँपालिकाको निर्देशन
जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिकाले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिएको छ । पालिकाले मङ्गलबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
पालिकाद्वारा जारी सूचनामा भनिएको छ , जोशीपुर गाउँपालिकाको २०७९/०२/३१ गतेको बैठकमा भएको निर्णय बमोजिम प्रचलित शिक्षा ऐन २०२८ ( संशोधनसहित ) को दफा १६ दफा (ङ) को उपदफा ५ को (६) मा उल्लेखित व्यवस्था उल्लंघन गरि विभिन्न राजनीतिक दलमा सक्रिय रूपमा संलग्न रही विद्यालयको पठनपाठन प्रभावित हुनेगरी आचारण विपरीत कार्यगर्ने पालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अबको ७ दिनभित्र राजीनामा दिन लगाई सोको बिबरण पालिकामा पेश गर्न अनुरोध गरिन्छ ।
पछिल्लो समय शिक्षकहरु विद्यालय र विद्यार्थीको भविष्य भन्दा पनि राजनीतिक दलको जिम्मेवारी बढी सम्हालने गरेका कारण शैक्षिक गुणस्तरलाई मध्यनजर गरि राजनीतिक दलमा सक्रिय शिक्षक तथा कर्मचारीको राजीनामा माग गरिएको पालिकाका अध्यक्ष चित्र बहादुर चौधरीद्वारा हस्ताक्षरित सूचना मा उल्लेख छ ।
एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी
काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।
बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताउनुभयो । “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ । ” उहाँले भन्नुभयो ।
कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।
यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोह आज, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने
धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोह शुक्रबार (आज) हुने भएको छ । पहिलो दीक्षान्त समारोह भएको ५ वर्षपछि दोस्रो दीक्षान्त समारोह हुन लागेको हो ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विक्रम सम्वत २०६६ मा स्थापना भएको विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।
पहिलो दीक्षान्त समारोह २०७४ मा १२८ विद्यार्थाी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा नेपालको छिमेकी उत्तराखण्ड राज्य नैनीतालको कुमाउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी प्रमुख अतिथि हुने कार्यक्रम तय भएको छ ।
दीक्षान्त समारोहमा ४ वर्षदेखि पासआउट भएका विद्यार्थी सहभागी हुनेछन् । ४ वर्षको अवधिमा १५ सय ५८ जनाले स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे पनि दीक्षान्तमा सहभागी हुन ३ सय १८ विद्यार्थीले मात्रै आवेदन दिएका छन् । त्यही आवेदनका आधारमा विद्यार्थीलाई दीक्षान्त समारोहमा समावेश गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मराज जोशीले बताए ।
बर्दगोरियामा अत्यधिक गर्मिका कारण असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय
बर्दगोरिया। अत्याधिक रूपमा गर्मी बढेपछि कैलालीको बर्दगोरिया गाउँपालिकाले असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार पालिकाले एक सूचना जारी गर्दै असार २ देखि ६ गतेसम्म पालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा यसअघि जेठ २९ गतेदेखि ३१ गते सम्मका लागि बिदा दिइएको थियो । तर गर्मी अधिक रूपमा बढेपछि गर्मी विदा थप गरिएको पालिकाले जनाएको छ ।
बर्दगोरिया ३ मा बालविवाह बढ्दो,उमेर नपुगि बिहे गर्नेमा किशोरीको सङ्ख्या बढी
बर्दगोरिया । पछिल्लो समय कैलालीको बर्दगोरिया गाउँपालिकामा बालबिवाह गर्नेको संख्या वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । पालिकामा बालबिवाह न्युनिकरणमा सरकारी तथा गैरसरकारी निकायबाट धेरै प्रयास भएपनि बालबिवाह गर्नेको संख्या बर्षेनि बढ्दै गएको देखिएको छ ।
पछिल्लो ५ वर्षको तंथ्थाक हेर्दा बालबिवाह घट्नुको साटो निकै बढेको देखिन्छ । पालिकामा बालविवाह विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था दलित महिला अधिकार मञ्चको तथ्यांकअनुसार पछिल्लो ५ वर्षको अवधिमा पालिकाको सबैभन्दा बढी बालविवाह वडा नम्बर ३ मा भएको पाइएको छ ।
तथ्यांकअनुसार पछिल्लो ५ वर्षमा बर्दगोरिया ३ मा मात्रै ९६ जनाले बालविवाह गरेको उल्लेख छ । बालविवाह गर्नेमा किशोरको सङ्ख्या भब्दा दोब्बर बढी किशोरी छ्न । मञ्चले २०७४ सालदेखि यता गरेको अध्ययन प्रतिबेदनअनुसार यो अबधिमा ७० किशोरी र २७ किशोरले उमेर नपुग्दै बिबाह गरेको पाइएको हो ।
बालविवाह गर्नु सामाजिक तथा कानुनी अपराध भएताभनि बर्दगोरिया ३ मा भने अन्य वडाको तुलनामा बालविवाह बढ्दै गएको पाइएको छ । बर्दगोरिया ३ मा २०७४ मा ५ किशोरी ,३ किशोर ,२०७५ मा ४ किशोरी ,३ किशोर ,२०७६ मा १७ किशोरी ,५ किशोर ,२०७७ मा १७ किशोरी ,६ किशोर ,२०७८ सालमा २७ किशोरी र १२ किशोरले उमेर नपुग्दै बिवाह गरेको पाइएको छ ।
उमेर नपुग्दै बिबाह गर्नेमा १३ देखि १५ वर्ष उमेर समुहका ८ किशोरी ,२ किशोर, १६ देखि १८ वर्ष उमेर समुहक ५० किशोरी ,१६ किशोर ,१९ देखि २० वर्षभित्रका १२ किशोरी र ८ किशोर गरि ९६ जनाले बालविवाह गरेको मञ्चको तथ्यांकमा उल्लेख छ ।
बालविवाह गर्नेमा यो ५ वर्षको अवधिमा ५ जनाले मागी बिबाह, ८८ जनाले प्रेम बिवाह र १ जनाले भागी बिहे गरेको उल्लेख छ । समुदायगत हिसाबमा भने सबैभन्दा बढी दलित समुदायका ५१ प्रतिशत किशोर किशोरीले बालविवाह गरेका छ्न । यस्तै ३३ प्रतिशत ब्राह्मण ,क्षेत्री,१२ प्रतिशत जनजाति र ४ प्रतिशत थारु समुदायका बालबालिकाले बालविवाह गरेको उल्लेख छ ।
मञ्चको किशोरी सशक्तीकरण परियोजना अन्तर्गत यो तथ्यांक संकलन गरिएको थियो । आइतबार बालविवाह न्यूनीकरणका सन्दर्भमा मञ्चले बर्दगोरियामा सामुदायिक सरोकारवाला निकायसंगको अंतरक्रीया कार्यक्रममा परियोजनाकि कोडिनेटर भगवती चौधरीले यो तथ्यांक प्रस्तुत गरेकी हुन ।
सो क्रममा उनले परिपक्व नभएर गरेको विवाहले पढाईमा मात्र नभएर मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा अनेक प्रतिकुलता ल्याएको उल्लेख गरिन । सानै उमेरमा विवाह गरेका बालबालिकाहरू शिक्षा र जनचेतनाबाट वञ्चित हुने, छिट्टै आमा बन्ने र त्यसको सम्पूर्ण जिम्मेवारी उनिहरूलाई मात्र हुँदा मानसिक समस्या बढ्दै जाने गरेको पाइएको बताईन ।
चौधरीले भनिन, बालविवाह आफैँमा एउटा ठूलो समस्या त हुँदै हो, अझ यसका बहुआयामिक असरबाट समाजमा धेरै समस्या सिर्जना भएका छन् । विभिन्न प्रयास गर्दागर्दै पनि सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने सरकारको उद्देश्य पूरा नहुनुको प्रमुख कारण समेत बालविवाह बनेको छ । अर्कोतिर गरिबी ,पारिवारिक प्रेसर समेत बालविवाहको कारक देखिएको पाइएको उनले बताईन ।
दलित महिला अधिकार मञ्च ,धनगढी कैलालीकि अध्यक्ष सावित्रा घिमिरेका अनुसार सानै उमेरमा विवाह गर्दा उनीहरू सानैमा गर्भवती हुने र स्वास्थ्यका दृष्टिले निकै समस्या हुने गरेको, परिपक्व भएपछि एक अर्काप्रति वितृष्णा पैदा हुने र त्यसपछि सम्बन्ध विच्छेदको चरणमा पुग्ने स्थिति समेत आउने गरेको पाइएको छ । उनका अनुसार परम्परागत गलत संस्कार, जनचेतनाको कमी, अशिक्षा र गरिवीका कारण बालविवाह बढिरहेको छ ।
यता सरोकारवाला निकायले बर्दगोरियालाई बालविवाह मुक्त पालिका घोषणा गर्नेगरी अभियान संचालन गरिरहेका बेला बढ्दो बालविवाहका घटनाले अभियान माथिनै प्रश्न उब्जाउएको छ ।
स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । चलनचल्तीमा कतै कतै बिहे गर्ने भन्ने चलन पनि छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ बौनियामा बालविबाह विरुद्ध सामुदायिक सरोकारवालासंग अन्तरक्रिया गरिएको छ । दलित महिला अधिकार मञ्च ,धनगढी कैलालीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
मञ्चकि कैलाली जिल्ला अध्यक्ष सावित्रा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर र विशिष्ट अतिथिका रूपमा वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहेका थिए।
कार्यक्रमका सहभागीले बालविवाह न्यूनीकरणका लागि कुनै व्यक्ति वा संस्थाको एकल प्रयासमात्र पर्याप्त नहुने भएको हुँदा सबैले एकजुट भई अभियान थाल्नुपर्नेमा जोड दिए । उनीहरूले असम्भव भन्ने कुरा केही पनि नहुने भएको हुँदा यो अभियानमा बालबालिका स्वयं तथा तिनका अभिभावक र सरोकारवाला अझ सक्रियरुपमा अघि बढे बालविवाह न्यूनीकरणमा सफलता मिक्ने बताए ।
कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुरले बर्दगोरियामा बालबिबाह न्यूनीकरण ,बाल श्रम शोषणको अन्त्यगर्ने सवालमा आफू गम्भीर भएको भन्दै यसको रोकथाम र न्यूनीकरणको कार्यमा सक्दो सबै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्यले बालबिबाह न्यूनीकरणका लागि सबभन्दा पहिले घरपरिवार नै बढी जिम्मेवारी बन्नुपर्नेमा जोड दिए । उनले बालबालिकालाई बोझका रूपमा लिने प्रवृत्ति ,उनीहरूको इक्छाबिपरितको जिम्मेवारी बहन गराउने पारिवारिक कारण पनि बालबिबाह हुने गरेको भन्दै यसप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीलाई किशोरी सशक्तीकरण परियोजनाकि कोडिनेटर भगवती चौधरीले प्रशिक्षण दिएकी थिइन । सो क्रममा उनले बालबिबाह भनेको के हो ? यसले केके कुरामा असर पार्छ ? बालविवाह गरे हुने कानुनी कारबाही लगाएतका बारेमा जानकारी दिएकी थिइन ।
सो क्रममा उनले उमेर नपुगी भएका अधिकांश विवाह अन्तमा सम्बन्धबिच्छेदमा परिणत हुने गरेको हुँदा उच्च शिक्षा हासिलपश्चात आफू सक्षम भएर मात्र विवाह गर्न जरुरी देखिने कुरामा जोड दिदै अन्यथा बालविवाहका कारण अन्य विभिन्न समस्या थपिँदै जाने भएको हुँदा यस्ले बालविवाह गर्ने जोडीलाई मात्र नभई तिनका अभिभावकलाई समेत जिन्दगीभरि पीडा दिने बताइन ।
कार्यक्रममा यहाँका विभिन्न किशोरी समुहमा आवद्ध किशोरी ,सामुदायिक सरोकारवाला निकाय ,स्थानीय जनप्रतिनिधि लगाएतको उपस्थिति थियो । कार्यक्रमको संचालन दलित महिला अधिकार मञ्च बर्दगोरियाकि परिचालिका सुशीला सुनारले गरेकी थिइन ।
मोहन्यालको पर्यटकिय क्षेत्रमा सरसफाइ गरेर फर्कियो बर्दगोरियाको जुनकीरी नेपालको टीम
मोहन्याल । आन्तरिक पर्यटनको आकर्षणको गन्तव्य बनेको कैलालीको मोहन्याल गाउँपालिका स्थित फलेबिसौनामा पर्ने “बुढीआम पानी” पिकनिक स्पोर्ट्समा सरसफाइ गरिएको छ । बर्दगोरियामा सरसफाइ र किशोरकिशोरीको क्षेत्रमा काम गर्दै आएको जुनकीरी नेपालले सो स्पोर्ट्स परिसरमा शनिबार सरसफाइ गरेको हो ।
पछिल्लो समय उक्त क्षेत्रमा दैनिक जसो सैयौको सङ्ख्यामा मानिसहरु पिकनिक जाने र रमाइलो गर्ने गरेका छ्न । कोरोना महामारीका बेला समेत उक्त क्षेत्रमा घुमफिर गर्न,पिकनिक खान जानेको बाक्लो उपस्थिति देखिन्थ्यो ।
बातावरणिय सौन्दर्यता र प्रकृतिको अनुमन खानी मानिएपनि राज्यले उचित व्यवस्थापन गर्न नसकेको बुढीआम पानी पिक्निक स्पोर्ट्स पछिल्लो समय आन्तरिक पर्यटकको लागि रोजाइको पहिलो स्थल बन्न थालेको छ ।
आन्तरिक पर्यटकको बाक्लो उपस्थितिले हुने र वातावरणिय असरलाई मध्यनजर गरि जुनकीरी नेपालले त्यहाँ सरसफाइ कार्यक्रम गर्यो । लामो समयदेखिको ओझेलमा पारिएको उक्त पर्यटकीय गन्तव्यलाई राज्यले उचित तवरले ध्यान दिन आवश्यक रहेको स्थानीयको भनाई छ ।
अत्याधिक गर्मी बढेपछि बर्दगोरियामा जेठ २९ देखि ३१ गतेसम्म विद्यालय बन्द रहने [सूचनासहित]
बर्दगोरिया। अत्याधिक रूपमा गर्मी बढेपछि कैलालीको बर्दगोरियाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार पालिकाले एक सूचना जारी गर्दै ३ दिनका लागि पालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको हो।
चर्को गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुँदा जेठ २९ गतेदेखि ३१ गते सम्मका लागि बिदा दिने निर्णय गरेको पालिकाले जनाएको छ ।
पाठ्यपुस्तकमा निजीको मनोमानी !
काठमाडौं । निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् ।प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।
पाठ्यक्रम विकास केन्द्रले श्यामश्वेत (एक रङ) को पाठ्यपुस्तकका लागि प्रतिपृष्ठ एक रुपियाँ १० पैसा, दुई रङका लागि प्रतिपृष्ठ एक रुपियाँ २५ पैसा र बहुरङ (रङ्गीन) का लागि प्रतिपृष्ठ एक रुपियाँ ४५ पैसा मूल्य निर्धारण गरेको छ ।
तर निजी प्रकाशकहरूले यो दरअनुसार मूल्य निर्धारण गरेका छैनन् । नियमन गर्ने निकायले पनि यसलाई देखेको नदेख्यै गर्छ । गत वर्ष पाठ्यपुस्तकसम्बन्धी देखिएका विकृतिबारे केन्द्रले त अध्ययन गरेको थियो तर त्यसको प्रतिवेदन नै हालसम्म पनि सार्वजनिक गरिएको छैन ।
पुस्तक व्यापारमा अधिकांश निजी विद्यालयको बेग्लाबेग्लै प्रकाशनसँग सम्बन्ध हुन्छ । तिनीहरूले अभिभावकलाई तोकेकै प्रकाशन वा पसलमा तोकेकै मूल्यमा किन्न बाध्य पार्छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।