राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बर्दगोरियाका चार वटा सामुदायिक विद्यालय छनोट
बर्दगोरिया । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको बर्दगोरिया गाउँपालिकाका चार वटा विद्यालय छनोटमा परेका छन् ।
भदौ २९ गतेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार बर्दगोरियाका २ विद्यालयमा क्रमशः दुई र चारकोठे भवन तथा २ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रले जनाएको छ ।
केन्द्रकाअनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
बर्दगोरियामा दुई कोठे भवनको लागि वडा नम्बर २ मा रहेको मोतिभागिरथी आ.विद्यालय, चार कोठे पक्की भवन निर्माणका लागि वडा नम्बर ४ मा रहेको कालिका मावी नौनिया रहेका छ्न । यसैगरी सूचना तथा प्रविधि प्रयोगशाला स्थापनाका लागि वडा नम्बर ४ मा रहेको मावी कोटातुल्सीपुर र वडा नम्बर ३ मा रहेको जगदम्बिके भगवती मावी रानिकुण्डा छ्न ।
बर्दगोरिया ३ मा १५० विद्यार्थीहरुलाई अत्यावश्यक स्वास्थ्य तथा सुरक्षा सामाग्री वितरण
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा विद्यार्थीहरुलाई अत्यावश्यक स्वास्थ्य तथा सुरक्षा सामाग्री वितरण गरिएको छ ।
पालिकाको वडा नम्बर ३ मा रहेको श्री जगदम्बिके भगवती माविमा अध्ययनरत १५० जना छात्राछत्रहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सो सामाग्री वितरण गरिएको हो । better world सहयोगमा home bride मार्फत उपलब्ध स्वास्थ्य तथा सुरक्षा सामाग्रीलाई पालिका अध्यक्ष कर्ण बहादुर कुवरले विद्यार्थीलाई वितरण गरेका थिए ।
स्वास्थ्य तथा सुरक्षा सामाग्री अन्तर्गत माक्स,सेनिटाइजर , डिटोल साबुन र सेनटरिप्याड वितरण गरिएको थियो ।
बर्दगोरियामा आधारभुत तह कक्षा ८ मा उत्कृष्ट (जिपिए) ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार [तस्बिरमा ]
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिपिए) नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७८ को परिक्षामा आधारभुत कक्षा ८ को परिक्षामा उत्कृष्ट (जिएपिए) नतिजा ल्याउन सफल यहाँका ८ ओटा सामुदायिक विद्यालयका २४ जना छात्रछात्रालाई छात्रवृत्ति पुरस्कार प्रदान गरेको हो ।
बर्दगोरिया गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहिवार एक कार्यक्रमका बिच प्रत्येक ८ ओटा सामुदायिक विद्यालयबाट प्रति विद्यालयबाट ३/३ जना गरि २४ विद्याथीलाई सो पुरस्कार प्रदान गरिएको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सिंह कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिका भरिका उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको जानकारी दिइन । वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत विगत ३ वर्षदेखि यो कार्यक्रम गर्दै आएको र सोहीअनुसार उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई शैक्षिक मुल्यांकनको आधारमा छात्रवृत्ति पुरस्कार वितरण गरिएको उनले बताइन ।
कार्यक्रममा आधारभुत तह कक्षा ८ को परिक्षामा उत्कृष्ट जिपिए ल्याउने श्री महुन्याल मावि बास्कोटीका शिशिर रावल, सन्ध्या चौधरी ,संगिता सुनार ,श्री मावि कोटातुल्सीपुरका रितु जोशी, माया विक, सलिना कठरिया, श्री बालकन्या मावि कट्टीपुरका प्रेङ्का कुमारी शाही, दिलिप विक र तुल्क्षा शाही रहेका छ्न ।
यसैगरी श्री कालिका मावि नौनियाका मनोज हमाल, महेश साउद, सुशील बुढा, श्री जगदम्विके मावि रानिकुण्डाका निर्मला जैशी, नमराज देवकोटा ,दिनेश जैशी र श्री वसन्त मुरारी मावि बौनियाका नरेन्द्र विक, आयन डगौरा ,प्रकाश जैशी, श्री जनता आधारभुत मावि कोइली भुरुवाका विपना कुमारी डगौरा, विना कुमारी डगौरा ,तपश कठरिया र श्री नारायण आधारभुत आवासीय विद्यालय बेलुवाका सीमा कार्की, रोशनी कुमारी चौधरी र मदन कार्कीलाई छात्रवृत्ति पुरस्कार प्रदान गरिएको हो ।
पुुुरस्कृत विद्यार्थीलाई गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर र प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीले साइकल ,डट्पेन, कापी वितरण गरेका हुन्। सो क्रममा गाउँपालिका अध्यक्ष कुवरले पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधार क्रमिक रूपमा गर्दै जाने र आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण लगाएतका कार्यक्रम गर्दै जाने बताए ।
कार्यक्रमको संचालन बर्दगोरिया गाउँपालिका शिक्षा शाखाका निरिखलाल कर्णले गरेका थिए ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुवरलाई नेपाल राष्ट्रिय शिक्षक संगठनको ज्ञापन पत्र, के छ्न मागहरू ?
बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संगठनले विभिन्न तीन बुदे मागसहित मंगलबार पालिका अध्यक्ष कर्ण बहादुर कुवरलाई ज्ञापन पत्र बुझाएको हो ।
संगठनले ऐन नियममा रही यथासिघ्र गाउँ शिक्षा समिति गठन गरिनुपर्ने, वालविकास शिक्षक ,कर्मचारीको सेवा सुविधा र निजिस्रोत शिक्षकहरूको व्यवस्थापनका लागि कार्यविधि बनाई व्यवस्थापन गरिनुपर्ने र कक्षा १० सम्म नि:शुल्क शिक्षाका लागि पहल गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरिया गाउँ कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष कुवरले नेपाल राष्ट्रिय शिक्षक संगठनले उठाएका मागहरुको अध्यन गरेर सम्बोधन गर्ने बताए । उनले पालिकामा शैक्षिक बेथितिको अन्त्य गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न र बालबालिकाको शिक्षा पाउने अधिकार बाट कोहि पनि बन्चित हुननपर्ने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फवाट देशभरका स्थानीय तहमा ज्ञापन पत्र दिने निर्णय अनुसार विभिन्न मागहरू राखी ७५३ पालिकामै ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ। बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
परीक्षामा सहभागी हुनअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ।शुल्क ६०० रुपैयाँ तोकिएको छ।
यो अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर शुल्क बुझाउन सक्नेछन्।
असोज २५ गतेभित्र जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्ने बोर्डको सूचनामा उल्लेख छ।
हेर्नुहोस् बोर्डको सूचना
कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।
बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् भने ४ जिपीए ल्याउने संख्या शून्य रहेको छ ।
एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ ।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
बौनिया कैलाली । कैलाली बर्दगोरियामा अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोग मा संचालन भएको कार्यक्रम सनिवार सम्पन्न भएको हो ।
“समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मुल नारा सहित शुरु भएको अगुवा महिला अभियन्ता र सञ्जालका प्रतिनिधिहरुलाई कानुनी सचेतता सम्बन्धि दुई दिने अभिमुखिकरण तालीमको प्रशिक्षण कानुन अधिवक्ता गणेश कडायतले गरेका हुन ।
उक्त २ दिने तालिममा सहभागी महिला हरुलाइ कानुन भनेको के हो? कानुनी नयाँ ब्यवस्था कस्तो छ ? संविधानमा हाम्रो हक अधिकार कसरी समेटिएको छ? लगाएका विभिन्न कानुनी प्रावधान तथा मानवअधिकार सम्बन्धि कानुनी व्यवस्थाको बारेमा तालिममा प्रशिक्षण गरिएको थियो ।
फेडोका कैलाली जिल्ला सदस्य सीता बिश्वकर्मा को सभापतित्वमा भएको कार्यक्रमको संचालन दलित महिला संघ फेडो कैलालीका बिनोद घिमिरेले गरेका थिए।
कार्यक्रमको समापन गर्दै बिश्वकर्माले तालिममा सहभागिता भएर मात्र नहुने बताईन । तालिममा सहभागी भएर जुन आफ्नो अमुल्य समय दिनुभएको छ, त्यसलाई व्यवहारमा ल्याउन समेत आग्रह गरिन ।
कार्यक्रममा गर्दगोरिया गाउपालिकाका करिव १५ जना महिलाको सहभागी रहेको थियो । कार्यक्रम भाद्र १० र ११ गते गरि दुई दिन सम्म संचालन भएको थियो ।
कक्षा १२ को नतिजा १५ गतेभित्र सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले भदौ १५ गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् ।
अध्यक्ष महाश्रम शर्माले १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएर काम गरिरहेको बताए । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको उनको भनाइ छ ।
कार्यालयले यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । तोकिएको अङ्क भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ ।
एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।
बर्दगोरियामा बहुमुखी क्याम्पस संचालनको लागि पहल अगाडि बढाउन गठन गरियो तदर्थ समिति
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बहुमुखी क्याम्पस संचालनको लागि पहल थालिएको छ । पालिकामा बहुमुखी क्याम्पस नहुदा यहाँका विद्यार्थीहरु छिमेकी नगरपालिका र पालिकाको क्याम्पस धाउन बाध्य छ्न । सोही समस्यालाई मध्यनजर गरि बर्दगोरियामै बहुमुखी क्याम्पस स्थापनाको लागि पहल थालिएको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले बताए ।
बर्दगोरियामै बहुमुखी क्याम्पस संचालनको लागि आवस्यक कामकारबाही अगाडि बढाउने सम्बन्धमा सोमबार सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो भेलाबाट विष्णु चौधरीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा धिरज शाही,सदस्य सचिबमा चन्द्रा खरेल, सदस्यहरुमा अजय मल्ल, टङ्क राज ओली, मिलन वलि, रेणु चौधरी ,बिमला शाह साउद रहेका छ्न ।
यसैगरी पदेना सदस्यतर्फ गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट छ्न भने सल्लाहकार सदस्यतर्फ नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँकार्यसमिति सभापति कृष्ण विष्ट, नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी अध्यक्ष मधुकर सिजापती मगर, नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद, राप्रपाबाट मित्र बहादुर घर्ती ,जनमोर्चाबाट रुपा आले मगर ,नागरिक उन्मुक्तिका जन्मदेव सन्ज्याल ,एकीकृत समाजवादीका लक्क्षी अधिकारीलगाएत छ्न ।
यसैगरी बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बम, मुडा बजार व्यवस्थापन समितिका लक्ष्मण सापकोटा ,समाजसेवी बुद्धिजीवीबाट भिम बहादुर कुवर, लालमणि जोशी, युवा तथा विद्यार्थी नेता जीवन बीसी, पुर्व गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुलाई समेत सल्लाहकार सदस्यमा राखिएको छ ।
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ ।
कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।
यसका लागि हाम्रा कुरा मुख्यमन्त्री एप्समा कुनै गुनासा तथा समस्या भए पठाउन सकिनेछ भने हटलाइन सेवा १०९६ मा फोन गरेर पनि टिपाउन सकिन्छ । कर्णाली सरकारले विद्युतीय गुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य लिइएको सचिव आनन्द सारुले जानकारी दिए । यसमा नागरिकले विभिन्न माध्यमबाट गुनासो टिपाउन सक्ने उनले बताए । यसले सरकारका काम थप प्रभावकारी बन्नमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।