सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थीर छ । आज चाँदी सोमबारकै मूल्य अनुसार १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतितोला ४ सयले बढ्यो सुन,कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
काठमाडौं । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी सुरु भएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग पु-याउने उद्देश्यले प्रधानमन्त्री कार्यालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गर्दै रकम संकलन गरेको थियो ।
कोषमा रकम अभाव भएपछि कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा हालै बसेको १२औं बैठकले कोषका लागि सरकारसँग थप १ अर्ब रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सहायता कोषमा अहिले झन्डै ४ अर्ब रुपैयाँ रहेको छ । सो ४ अर्बबाट कोषले १ अर्ब रुपैयाँ माग गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सो कोषमा जम्मा भएको २ अर्ब ७७ करोड रुपैयाँमध्ये हालसम्म २ अर्ब ४५ करोडभन्दा बढी रकम सकिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न तथा संक्रमितको उपचारका लागि भन्दै सरकारी कर्मचारी तथा विभिन्न संघसंस्थाले सो कोषमा रकम सहयोग गरेका थिए । पछिल्लो समयमा कोषमा सहयोग गर्ने दाताहरूको संख्यामा कमी आएपछि कोषमा रकम अभाव भएको हो । हाल कोषमा झन्डै ३० करोड रुपैयाँ मात्रै मौज्दात छ ।
कोषमा संकलन भएको रकम सरकारले कोरोनाबाट प्रभावित भएकाहरूको उपचार गर्न तथा विभिन्न स्थानीय तहमा क्वारेन्टिन र अस्पताल निर्माणका लागि स्थानीय तहमा पठाउँदै आइरहेको छ भने औषधि खरिदका लागि सेना तथा स्वास्थ्य मन्त्रालयलाई समेत रकम उपलब्ध गराउँदै आइरहेको छ ।
यसैगरी सो कोषबाटै प्रदेश सरकारलाई पनि कोरोना नियन्त्रणका लागि रकम निकासा गर्दै आएको छ । सुरुमा सो कोषमा विभिन्न प्रतिष्ठित संघसंस्थाले उल्लेख्य सहयोग गरेका थिए तर अहिले आएर कोषमा सहयोग गर्नेहरू समेत उत्साहित छैनन् ।
सरकारी कर्मचारीले पनि आफ्नो तलबबाट कटाएर कोषलाई सहयोग गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाउने तलब सुुविधा सुरुदेखि नै सो कोषलाई प्रदान गर्दै आइरहेका छन् । कोषमा रकम जम्मा हुनेभन्दा कोषबाट निकासा हुने क्रम बढेकाले कोषमा रकम अभाव भएको प्रधानमन्त्री कार्यालयले जनाएको खवर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको बिनिमय दर
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज मिति २०७८ साल असोज २६ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
काठमाडौ । विदेशी मुद्राको बिनिमय दर बेला बखत परिवर्तन भइरहन्छ। विदेशी मुद्राको कारोबार गर्दा पछिल्लोे मूल्यको बारेमा जानकारी राख्नु आवश्यक हून्छ।
पछिल्लो समय पैसा कमाउन गएकाले घरमा पैसा पठाउन होस् वा पढ्न गएका आफन्तलाइ गाह्रो परेको अवस्थामा बिदेशमा पैसा पठाउन परिवर्तन भइरहने बिनिमय दर सम्बन्धी जानकारी हुनु आवश्यक हुन्छ। नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि निर्धारण गरेको विदेशी मुद्राको बिनिमय दर भने यस्तो छ ।
यसवर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनमा यस वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । यो वर्ष नेपालले भने ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्तीको लक्ष्य राखेको छ ।
प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष ०७७/७८ मा मुलुकको आर्थिक वृद्धि एक दशमलव आठ प्रतिशत मात्रै भएको छ । आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको थियो ।
यो वर्ष समग्र दक्षिण एसियाली मुलुकले भने आर्थिक वृद्धिदरमा फड्को मार्ने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एसियाको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने छ ।सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशत योगदान रहने छ । भारतको ७.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने देखिएको छ । बंगलादेशले भने ६.४ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत मात्र रहने देखिएको छ ।
घट्यो सुनको मुल्य ,कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ९०० तोकिएको छ । त्यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ४५० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ८९ हजार ८५० मा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको छ । यसअघि चार कारोबार दिन नै चाँदीको मूल्य स्थिर रहेको थियो । मङ्गलबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५३ दशमलव ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।
काठमाण्डाैं। तत्कालीन कर फर्छ्याेट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ।
कर फर्छ्याेट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्याएकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो। आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो।
जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सिवाईसी सहकारीको १२ औ साधारणसभा सुरु, २३ वटै सेवाकेन्द्रमा विस्तारित मञ्च सञ्चालन
बागलुङ, ४ असोज २०७८ ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १२ ओैं साधारण सभाको अबसरमा आइतवारबाट सेवा केन्द्र स्तरीय विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ भएको छ । साविक धौलागिरि अन्चलमा सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीको बागलुङ,म्याग्दी र पर्वतका २३ वटा सेवा केन्द्रमा एकै पटक विस्तारित मञ्च तथा साधारणसभा शुभारम्भ भएको हो ।
सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा यही असोज ९ गते बागलुङ बजारमा गरिने छ । विस्तारित मञ्च शुभारम्भको अवसरमा सदस्यहरुलाई सस्थाका सचिव जयराम भारीको प्रगती प्रतिवेदन एवं प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष सितादेवी कडेल सापकोटाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
सस्थाले आर्थिक वर्ष २०७८ असार मसान्त सम्म १८ हजार ४ सय ६५ शेयर सदस्य,३२ करोड ५४ लाख ५० हजार शेयर पुँजी तथा कुल सम्पत्ति १ अर्व ९५ करोड ,७४ लाख पु¥याएको विस्तारित मञ्चमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीले चालु आव २०७८÷०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पु¥याउने लक्ष्य राखेको छ ।
चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरी विकेन्द्रित सेवा प्रवाह गर्ने र काश्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सहकारीले कृषक, न्यून आय भएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।
सहकारीका सदस्यले आफु सदस्य रहेको सेवा केन्द्रमा आगामी ७ गते सम्म उपस्थित भई सुझाव सल्लाह दिने व्यवस्था गरिएको सहकारीका केन्द्रीय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जानकारी दिनु भयो ।
सो अवसरमा सवै सेवा केन्द्रमा उत्कृष्ट सदस्य, असल उद्यमी , असल बचतकर्ता र असल बालबचतकर्ता लाई सम्मान गरिएको थियो । सो अवसमार ८० बर्ष नाघेका जेष्ठ नागरिकलाई स्वास्थ्य परिक्षणकालागी नगद ५ हजार सहित सम्मान गरिएको छ ।
संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधि उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नव दुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको छ । एटिएम, मोबाइल बैंकिङ, क्युआर कोड, मिष्डकल बैकिङ लगायतका डिजिटल प्रविधिहरुमार्फत सदस्यलाई स्थानीय स्तरमै सेवा दिंदै आएको संस्थाले आगामी आ.व. मा सुरक्षित संस्था निर्माण गर्दै सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै जाने सहकारीले जनाएको छ ।
सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रको १२ औं साधारणसभा सुरु, सेवाकेन्द्रका सदस्यहरु सम्मानित
सुजन प्रेमी
बागलुङ, ३ असोज २०७८ ।
सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रको १२ औं साधारणसभा सुरु भएको छ । बागलुङ जिल्लाको अग्रणी सहकारीको रुपमा स्थापित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड जैमिनी सेवाकेन्द्रको सेवाकेन्द्र स्तरीय विस्तारित मञ्च तथा साधारणसभा सुरु भएको हो ।
कोरोना जोखिमका कारण आइतबारदेखि असोज ७ गतेसम्म विस्तरित मञ्च सञ्चालन गरी शेयर सदस्यहरुलाई साधारणसभामा सहभागी गराउने उद्देश्यले प्रतिनिधिमूलक साधारणसभा आयोजना गरिएको सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रका संयोजक कृष्ण प्रसाद रिजालले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले कार्यक्रमको उद्घाटन गर्दै गरिवी निवारणमा सहकारीले महत्वपूर्ण भूमिका खोलेको भन्दै प्रशंसा गर्नुभयो । वित्तिय साक्षरता देखि लखु उद्यम बिकासको कार्यक्रममा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले सिवाईसी सहकारीले हरेक सदस्यको मर्म बुझेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सिवार्ईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले हरेक शेयर सदस्यको चाहना अनुसार चलेकाले सिवाईसी सहकारी अरुभन्दा उत्कृष्ठ हुन सफल भएको धारणा राख्नुभयो । सिवाईसीले सँधै ग्राहकमूखि योजना बनाएर अघि बढ्ने भन्दै उहाँले राज्यको दायित्व पुरा गर्नका लागि पनि सिवाईसीले सघाएको बताउनुभयो ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी तथा जेष्ठ नागरिक लगाएतलाई सम्मान गरिएको छ । असल बचतकर्ता थुमा देवी क्षेत्री, असल बाल बचतकर्ता अंश श्रीस र असल उद्यमी एलु थापालाई सम्मान गरिएको सिवाईसी साकोस जैमिनी सेवाकेन्द्रका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।
यस्तै ज्येष्ठ नागरिक नारायणदत्त पौडेललाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ भने गंगा बहादुर छन्त्याल ,माया थापा, गिता देवि दलाली र प्रेम बहादुर बोहाराले असल ऋणीको परिचयपत्र प्राप्त गर्नुभएको छ । जेष्ठ नागरिकलाई पेन्सन सुविधा दिने गरेको सिवाईसी सहकारीले कार्यक्रमको अवसरमा शेयर सदस्य जगन्नाथ शर्मा पौडेललाई भदौ महिनाको पेन्सन बापतको रकम सहित पेन्सन पट्टा हस्तान्तरण गरिएको छ । असल ऋणीको परिचय प्राप्त गर्नेहरुलाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराइनुका साथै बिना धितो अन्यलाई भन्दा बढी ऋण प्रवाह गर्न सकिने सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले बताउनुभयो ।
सिवाइसीका २३ वटै सेवा केन्द्र मार्फत छुट्टाछुट्टै विस्तारित मञ्चका कार्यक्रमहरु आयोजना गरी सदस्यहरुको राय तथा सुझाव संकलन सहित प्रतिनिधिमुलक निर्णय सभा यही असोज ९ गते बागलुङ बजारमा गरिने छ ।
संस्थामा अहिले २ अर्व भन्दा बढी सम्पति रहेको छ भने करिव २० हजार शेयर सदस्यहरु रहेका छन् । जैमिनी सेवाकेन्द्र कुश्मिसेरामा मात्रै १ हजार १ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।