नयाँ दिल्ली । भारतमा कुपोषित बालबालिकाको सङ्ख्या ३३ लाख बढी रहेको पाइएको छ । कुपोषित बालबालिका मध्य १७.७ लाख बालबालिका गम्भीर कुपोषित भएको त्यहाँको सरकारी कार्यालयले उल्लेख गरेको छ ।
त्यहाँको महिला एवं बाल विकास मंत्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी कुपोषित बालबालिका महाराष्ट्र, बिहार र गुजरातमा रहेका छ्न । भारतका विभिन्न ३४ राज्य तथा केन्द्र शासित प्रदेशको आकडाअनुसार भारतमा कुल ३३ लाख २३ हजार ३२२ जना बालबालिका कुपोषणको सिकार बनेका छ्न ।
मंत्रालयकाका अनुसार कोरोना महामारीका कारण गरीब भन्दा गरीब व्यक्तिको स्वास्थ्य तथा पोषण संकटमा परेका कारणले पनि कुपोषित बालबालिकाको सङ्ख्या बढेको उल्लेख छ । मंत्रालयले उल्लेख गरेअनुसार १४ अक्टोबर २०२१ सम्म भारतमा १७.७६ लाख बालबालिका अत्यन्त कुपोषित एवम १५.४६ लाख अल्प कुपोषित रहेको थिए ।
तर भर्खरै गरिएको अध्ययन प्रतिवेदन अनुसार यो सङ्ख्या डरलाग्दो अबस्थामा बढेको पाइएको छ । नोभेम्बर २०२० तथा १४ अक्टोबर २०२१ को बिचमा कुपोषित बालबालिकाको सङ्ख्या ९१ प्रतिशत वृद्धि भएको उल्लेख गरिएको छ ।
भारतिय एवं बाल विकास मन्त्रालयले भनेको छ पछिल्लो समय देशमा कुपोशीत बालबालिकाको सङ्ख्या ह्वात्तै बढ्नु निकै चिन्ता बिषय हो । यो खतरापूर्ण मानिन्छ । भारत विश्व कुपोषणको हिसाबले
ग्लोबल हंगर इंडेक्समा १०२ नम्बरमा पर्छ । जसमा पाकिस्तान, बङग्लादेश र नेपाल भन्दा पछि भारत छ ।पछिल्लो बर्ष भारत वैश्विकै भोखमरी सूचकांमा ९४ औ स्थानमा रहेको थियो ।
कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगमा अनुमति दिने विश्वकै पहिलो देश बन्यो बेलायत
लन्डन । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधिलाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ । अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।
बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।
यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।
संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ । गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।
Facebook just revealed its new name: Meta
Kathmandu ,Facebook CEO Mark Zuckerberg announced Thursday at his company’s Connect event that its new name will be Meta. “We are a company that builds technology to connect,” Zuckerberg said. “Together, we can finally put people at the center of our technology. And together, we can unlock a massively bigger creator economy.”
To reflect who we are and what we hope to build,” he added. He said the name Facebook doesn’t fully encompass everything the company does now, and is still closely linked to one product. “But over time, I hope we are seen as a metaverse company.”
Zuckerberg owns the Twitter handle @meta (whose tweets are protected as of this writing) and meta.com, which now redirects to a welcome page on Facebook outlining the changes. The site previously redirected to meta.org, a biomedical research discovery tool that was a project of the Chan Zuckerberg Science Initiative. That’s part of the philanthropic arm Zuckerberg co-founded with his physician wife, Priscilla Chan, in 2015. In a Medium post on Thursday, the group says it’s sunsetting Meta.org on March 31st, 2022.
As The Verge first reported on October 19th, the rebrand is part of the company’s efforts to shift gears away from being known as just a social media company and focus on Zuckerberg’s plans for building the metaverse. In July, he told The Verge that over the next several years, Facebook would “effectively transition from people seeing us as primarily being a social media company to being a metaverse company.”
Zuckerberg wrote in a blog post Thursday that the company’s corporate structure would not be changing, but how it reports financial results will. “Starting with our results for the fourth quarter of 2021, we plan to report on two operating segments: Family of Apps and Reality Labs” he explained. “We also intend to start trading under the new stock ticker we have reserved, MVRS, on December 1. Today’s announcement does not affect how we use or share data.”
Facebook has been under intense scrutiny over the past several weeks, after revelations based on damning internal documents provided to the Wall Street Journal by whistleblower Frances Haugen showed, among other things, that Facebook’s Instagram platform had become a toxic place for teenagers, especially girls. And antitrust regulators are pushing for the company to be broken up, as public trust in the social media platform is flagging.
बढ्यो सुनको मूल्य, बिहीवार कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।
बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
अफगानिहरु भोकमरीबाट बच्न छोरी बेच्दै
काठमाडौ । अफगानिस्तान विदेशी कोष रोकिएसँगै संकटमा परेको छ । देशको आधाभन्दा बढी जनसंख्या यसबाट प्रभावित भएको छ । स्थिति यति सम्म खराब भएको छ कि अफगानिस्तानका गरिब जनता भोकमरीबाट बच्न आफ्ना छोरी बेच्न बाध्य छन् ।
एएफपीको रिपोर्ट अनुसार भोकमरीबाट बच्न कम उमेरमा विवाहको नाममा सानै उमेरमा बालिकाहरुलाई २ देखि २ लाख ५० हजार रुपैयाँसम्म बेच्ने गरेका छन् । पश्चिमी अफगानिस्तानमा फहिमा नामकी एक महिलाले आफ्ना श्रीमानले आफ्नो ६ वर्षीया छोरी र डेढ वर्षीया छोरीलाई बेचेको बताइन् ।
जेठी छोरीको मूल्य ३ हजार ३ सय ५० डलर (लगभग २.५ लाख रुपैयाँ) थियो भने कान्छी छोरीको बदलामा उनले २८ सय डलर (लगभग २.१ लाख रुपैयाँ) पाएकी थिइन् । यो रकम पनि एकमुष्ट नदिई छोरी किन्ने परिवारले किस्तामा तिर्नेछन् ।
फहिमाले विरोधमा श्रीमानले छोरी नबेचमा खानलाई केही बाँकी नभएकाले सबै मर्ने बताएको सुनाइन् । उनको श्रीमान पनि नाबालिग रहेको उनले बताइन् ।
छुरा प्रहार गरी सात जनाको हत्या
काठमाडौ । चीनमा एक व्यक्तिले छुरा प्रहार गरी सात जनाको हत्या गरेका छन् । चीनको वुहान सहरमा छुरा प्रहार गर्दा सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका गाउँ प्रमुखसहित एकै परिवारका पाँच सदस्य र अन्य २ सर्वसाधारण रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।
परिवारका पाँच सदस्यमध्ये दुई साना बालबालिका समेत रहेको जनाइएको छ । हत्याराले जियाओसी टाउनसिपका कम्युनिष्ट पार्टीका प्रमुख, उनकी श्रीमती, बुहारी र दुई नातिनातिनालाई छुरा प्रहार गरेको जनाइएको छ । एक बालक भने घटनास्थलमा छुरा प्रहारबाट घाइते भएका थिए । घाइते बालकको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उक्त आक्रमणकारीले घरबाट बाहिर निस्केपछि उनले एकजना यात्रु र ट्याक्सी चालकलाई समेत आक्रमण गरेका थिए । उनले ट्याक्सी चालकबाट कार खोसेर भाग्न खोजेको जनाइएको छ । आक्रमणबाट ट्याक्सी चालक र यात्रु दुवैको पनि मृत्यु भएको जनाइएको छ ।
यस क्रममा प्रहरीले संदिग्ध आरेपीको पछि लाग्दा आक्रमणकारी नदीमा हाम फालेर भागेको जनाइएको छ । उनको खोजी भइरहेको छ । साथै हत्याको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जाकार्ता। इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बनेकी छिन्।
मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गरेकी हुन्।
उनलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ।
सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उनका वकिले बताएका छन् । उनी हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ ।
मस्को । पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो ।
युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै छ । हंगेरीमा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । त्यस्तै, युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् ।
युरोपेली देशमा नयाँ संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार ७०० नयाँ संक्रमित भेटिने गरेका छन् । यो संख्या गत वर्ष नोभेम्बरपछिकै ठूलो हो ।
पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभर हुने संक्रमितको २० प्रतिशत संक्रमित यहाँ छन् ।
पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । यी देशमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालिन निर्देशक माइक रायनले बताए ।
संक्रमणको छाल तीब्र भइरहेका बेला पूर्वी युरोपमा खोप लगाउन अटेरी गर्ने र नलगाएकोमा पछुताउनेको जमात बढेको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा सबैले खोप लगाउनुपर्ने बाध्यता बनाएपछि त्यसको चर्को बिरोध भएको छ ।
युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा उल्लेख छ । पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् ।
रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । देशको स्वास्थ्य अवस्था लथालिंग भएको स्वास्थ्यमन्त्री मिखाईल मुरासकोले बताएका छन् । रसियामा चौथो दिन बुधबार लगातार सर्बाधिक धेरै संख्यामा संक्रमित भेटिएका थिए ।
रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् ।
एजेन्सी
सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु
काठमाडौ । सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका – २ देउरालीका युबराज क्याप्छकी मगर रहेको बताईएको छ ।
साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए । उनका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको सिलसिला त्यहाँ पुगेका एक रेस्टुरेन्टमा काम गरिरहेका थिए ।
भाइको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईदिन त्यहाँस्थित नेपाली दूतावास लगायत सम्बन्धिय निकायलाई दाजु मनहरी अनुरोध गरेका छन् । मृकको शवलाई रोजगारदाता कम्पनीसँग सामन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा भई चाँडै नेपाल पठाउने नेपाली दूतावास स्रोतले जनाएको छ ।
कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार
सउल । दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको सहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ ।
कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा गत आइतबार एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो । कोरियाका लोकप्रिय कवि स्व बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो ।
संस्थाले यसपालिदेखि ‘एसिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो ।
पचास लाख कोरियन वन (नेपाली रुपैयाँ पाँच लाख बराबर) नगद राशिको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रूपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख हात पारेको हो ।
कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको सहर हो’ को समीक्षा गर्दै एसिया फाउन्डेसनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविका कवितामा उच्च काव्यिक चेतना रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारको कथालाई अनुवाद गरी कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेकोसमेत कार्कीले बताउनुभयो ।
कोरियामा रोजगारीलगायत विविध पेसामा आबद्ध नेपाली ३५ कविका ७० कविता समावेश भएको कविता सङ्ग्रह ‘यो मेसिनको सहर हो’ गत पुसमा प्रकाशन भएको थियो । कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँसु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायत कविता समाविष्ट छन् ।
कविताको पराजित पोमुले सम्पादन गरेको कृतिलाई कोरियन कवि इ गिजु (मुना) र मोहन कार्कीले अनुवाद गर्नुभएको हो । नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ ले गत पुसमा प्रकाशन गरेको थियो ।
कविता कृति ‘यो मेशिनको सहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् । यस कृतिलाई यसअघि पनि ‘रेड अवार्ड’ प्रदान गरिएको थियो । केही महिना अघि राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो । रासस