काठमाडाैँ, २० चैत २०७७ ।
हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
शनिबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
अबकाे २४ घण्टा भित्र देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अपरान्हपछि मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ ।
शुक्रवार सुर्यदेवकाे एक दर्शनले पनि सफलता मिल्छ,दर्शन गर्दै तपाइँकाे भाग्यफल हेर्नुहाेस्
आजको राशिफल
मेष राशि
आफन्तसङ्ग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खनपिनमा सचेत रहनु नै उचित हुनेछ ।
वृष राशि
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मिथुन राशि
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कर्कट राशि
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।
शिंह राशि
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।
कन्या राशि
धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
तुला राशि
आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।
वृश्चिक राशि
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
धनु राशि
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर राशि
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ राशि
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मीन राशि
आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । ईष्टमित्रहरूसित भेटघाट हुनेछ ।
राशिफलले जे जस्ताे भनेपनि तपाइँकाे दिन शुभ बिताेस्ः
१५२ जनामा काेराेना संक्रमणः संक्रमण निकाेहुने दर घट्दै, मृत्यु हुनेकाे संख्या ३ हजार ३१ पुग्याे
काठमाडौं, १९ चैत २०७७ ।
नेपालमा थप १५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लाे २४ घण्टामा देशभरीका बिभिन्न प्रयाेगशालाहरूमा गरीएकाे परीक्षणमा थप १ सय ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । ४ हजार २ सय १३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १५२ जना काेराेना संक्रमित थपिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या दुई लाख ७७ हजार ४ सय ६१ पुगेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६५ जना काेराेना संक्रमित संक्रमण निकाे भएर घर फर्किएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण निकाेहुनेकाे कुल संख्या दुई लाख ७२ हजार ८ सय ५१ पुगेकाे छ । सङ्क्रमित निको हुने दर पछिल्लो केही समय यता घट्दै गएको छ भने हाल काेराेना संक्रमण निको हुने दर ९८.३ प्रतिशत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।
साथै गत २४ घण्टामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ३ हजार ३१ जना पुगेकाे मन्त्रालयले जनाएकाे छ । हाल १ हजार ५ सय ७९ जना आइसोलेशनमा र ६३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ७५ हजार ५ सय ४० जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाइएकाे छ ।