सिफारिस

काठमाडौंमा युवक हत्या प्रकरणः बर्दगोरियाका युवकसहित सुदूरपश्चिमका ३ जना पक्राउ

बर्दगोरिया,२४ वैशाख । जिल्ला प्रहरी परिसर काठमाडौंले कर्तव्य ज्यान अपराधमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने तिनैजना सुदुरपश्चिम प्रदेशका रहेका छ्न ।

प्रहरीका अनुसार यहि वैशाख २४ गते अपराह्न ४ः२० बजेको समयमा काठमाडौं महानगरपालिका–१०, पुतलीसडकस्थित चिया सागर नजिक धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा अछाम साँफेबगर नगरपालिका–४ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–९ भाजंगल बस्ने २८ वर्षीय मेहन्द शाह, कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई हाल कीर्तिपुर नगरपालिका–१० पाँगा दोबाटो बस्ने २३ वर्षीय रविन्द्र धामी तथा कैलाली घोडाघोडी नगरपालिका–१ घर भई हाल कीर्तिपुर नगरपालिका–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन विष्ट रहेका छन् ।

जिल्ला प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार