चिसापानी । कैलालीको लम्कीचुहा नगरपालिका वडानम्बर ३ चिसापानी स्थित कर्णाली नदिमा एक जनाको शब भेटिएको छ । शनिबार दिउँसो साढे २ बजेतिर कर्णाली चिसापानी नदिमा बगिरहेको अबस्थामा एक पुरुषको शब भेटिएको हो ।
ईलाका प्रहरी कार्यालय चिसापानीका अनुसार नदिमा लास बग्दै गरेको अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीकाअनुसार नाम, थर, वतन नखुलेको, कालो रङको कट्टु, खैरो रङको पुरा बाहुला भएको कमिज लगाएको,लामो टुप्पीको बिच भागमा चाँदी जस्तो देखिने धातुले बाधेँको अन्दाजी वर्ष ३५/४० वर्षाका पुरुष व्यक्तिको शब भेटिएको हो ।
मृत अबस्थामा भेटिएको शबलाइ टीकापुर अस्पतालको शब गृहमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्रै घटनाबारे थाहा हुने र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाईछ ।