जानकी । कैलालीको जानकी गाउँपालिकाको सरस्वती मावि दुर्गौलीमा अध्यक्ष छात्रवृती कार्यक्रमअन्तर्गत विद्यार्थीलाई छात्रवृती रकम वितरण गरिएको छ । अध्यक्ष छात्रवृती कार्यक्रम अन्तर्गत ६ जना विद्यार्थीलाई जनही १ हजार ५ सय प्रदान गरिएको छ ।यस्तै छात्रा छात्रवृती अन्तर्गत ४७ जना, दलित छात्रवृति ८ जना र अपाङ्ग छात्रवृती २ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।
छात्रवृती रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष गणेश चौधरीले बालबालिकालाई राम्रो बनाउन अभिभावक सचेत बन्न र बालबालिका अनुशासित , नैतिकवान बन्न आग्रह गर्नु भयो । समाज सुधार हुनको लागि शिक्षा राम्रो हुनु पर्ने र यसको लागि समुदायीक विद्यालय मार्फत सुरुवात गरेको बताउनुभयो ।
छात्रवृती रकम गाउँपालिका उपाध्यक्ष लालमति कठरिया, कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, शिक्षा शाखाका प्रमुख धर्मानन्द कपाडी लगायतले वितरण गर्नु भएको थियो। शिक्षक अभिभावक संघका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत खड्क बहादुर शाहीले गर्नु भएकाे थियाे।