बालकन्या माविमा कल्याण कोष स्थापना ,पालिका अध्यक्ष कर्ण कुवरले गरे एकाउन्न हजार सहयोग

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको बालकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमकाबिच गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले विद्यालयको नव निर्मित १२ कोठे र ४ कोठे पक्की भवनको उद्घाटन गरेका हुन ।नवनिर्मित भवनको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बालकन्या मावि ले यहाँको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुराएको भन्दै प्रसङशा गरे । उनले यसपटक एसईई परीक्षाको नतिजामा समेत सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत उत्कृष्ट नतिजाको अपेक्षा राखिएको बताए । अध्यक्ष कुवरले स्थानीय सरकारको तर्फबाट आफुहरुले सिङ्गो बर्दगोरियाबासीको शिक्षा ,खानेपानी ,स्वास्थ्य ,सडक र कृषि ,पर्यटन र पुर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा पारी काम गर्दै जाने बताए । उनले समग्र बर्दगोरियाबासीको बिकास र समृद्धिका लागि आम नागरिकको सहयोग महत्त्वपूर्ण हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त राज जैशीको सभाध्यतामा भएको कार्यक्रममा  विद्यालयमा लामो समयदेखि अनवरत रूपमा सेवा गरिरहनु भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यालय  व्यवस्थापन समितिका पुर्व अध्यक्ष,शिक्षक अभिभावक संघका साथै एसईई परीक्षा (२०८१)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थि र उत्तिर्ण हुनुभएका सम्पूर्ण विद्यार्थिलाई पनि सम्मान गरिएको थियो ।

बालकन्या कल्याण कोष स्थापना 

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा रहेको बालकन्या माध्यमिक विद्यालयमा कल्याण कोष स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बिच लक्षित वर्गका विद्यार्थीहरुलाई सहयोग पुऱ्याउने हेतुले विद्यालयमा  बालकन्या कल्याण कोष स्थापनाको घोषणा गरिएको प्रधानाध्यापक सुशिला देवि कुवरले बताइन ।

स्थापना गरिएको सो कल्याण कोषमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले रु. ५१,००० को सहयोग प्रतिबद्धता गरेका छ्न । यसैगरी विद्यालयकी प्रधानाध्यापक सुशिला देवी कुंवरले बीस हजार ,वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमद्वारा पन्ध्र हजार ,वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द विकले रु. पाँच हजार एक सय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमन्त राज जैसीले ५ हजार १०० र समाजसेवी लाल बहादुर गडसिलाले रु. ५ हजार १०० को सहयोगको प्रतिबद्धता गरेका छ्न ।