सिफारिस

सर्वोच्चले भन्यो : ‘ट्राफिक प्रहरीले जरिवाना मात्र गर्न पाउँछ, लाइसेन्स र चाबी खोस्न पाउँदैन’

काठमाडौ ,१७वैशाख । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको कारवाहीमा सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स), सवारी धनी दर्ता प्रमाण पत्र (ब्लुबुक) र सवारीको साँचो नियन्त्रणमा लिने कार्य गैरकानुनी हुने ठहर गरेको छ ।

न्यायाधीश अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रचलित कानुनले स्पष्ट अधिकार नदिएको अवस्थामा चालकका कागजात कब्जामा लिनु विधिको शासन र नागरिकको मर्यादा विपरीत हुने व्याख्या गरेको हो ।

कानुनले जरिवाना गर्ने अधिकार दिएको भए पनि कागजात नै नियन्त्रणमा लिने अधिकार नदिएको फैसलामा उल्लेख छ । २०८२ पुस ६ गतेकाे फैसलाको पूर्ण पाठ आज सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?