सिफारिस

नवजीवन सहकारीका शेयर सदस्यलाई निसर्ग हस्पिटलमा विशेष छुट

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.धनगढी कैलाली बीच सहकारीका शेयर सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यही भदौ ९ गतेदेखि लागू हुने गरी भएको उक्त सम्झौतापत्रमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री गोपालराज पाठक र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष श्री तीर्थराज पन्तले हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार नवजीवन सहकारी संस्था लिमिटेडका सम्पूर्ण शेयर सदस्यहरूले निसर्ग हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट तथा सुलभ मूल्यमा उपचार सेवा प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले सहकारीका शेयर सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हस्ताक्षर कार्यक्रममा नवजीवन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष श्री उत्तम जोशी तथा निसर्ग हस्पिटलका डा. प्रदीप मिश्रको समेत उपस्थिति रहेको थियो।

नवजीवन सहकारीले संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उक्त सुविधाको भरपूर लाभ लिन तथा सुलभ मूल्यमा उपलब्ध स्वास्थ्य सेवाको उपयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार