सिफारिस

आज दिउँसोदेखि राती भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन सुझाव

काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षाको पूर्वानुमान छ ।

विभाले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहितमध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही तथा मधेस, वाग्मती र गण्डकी  प्रदेशका तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशको हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार