सिफारिस

बाढीले बगाउँदा कैलालीमा एक महिलाको मृत्यु,एक वेपत्ता

कैलाली,२९ जेठ । कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । अर्की महिला बेपत्ता भएकी छन्।

शुक्रबार बिहान करिब ६:४० बजे पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा दुई महिलालाई बगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका–४ निवासी जीवन धमलाकी श्रीमती ५५ वर्षीया महेश्वरी धमला गोदावरी खोलाको मसानघाट नजिक मृत अवस्थामा फेला परेको जनाईएको छ ।त्यसैगरी सोही स्थानकी ४० वर्षीया कल्पना साउद भने बाढीले बगाएर बेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार महेश्वरी धमला र कल्पना साउद शुक्रबार बिहान करिब ६ बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट गोदावरी, इलाका प्रहरी कार्यालय मालाखेती तथा अन्य सुरक्षा निकायका टोलीहरू बेपत्ता साउदको खोजी तथा उद्धारमा परिचालित छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?