बर्दगोरिया,२६ असार । कैलालीको बर्दगोरियामा १६ वर्षीया किशाेरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


