बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एक जना वृद्ध व्यक्ति मृत अवस्थामा भेटिएका छन्। गाउँपालिकाको वडा नम्बर १ र ६ को सीमामा पर्ने खेतमा शुक्रबार साँझ एक पुरुषको शव फेला परेको हो।

मृत अवस्थामा फेला परेका व्यक्ति उत्तर मुडा निवासी अन्दाजी ५६ वर्षीय खुशीराम दहित रहेको प्रहरीले जनाएको छ। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बौनिया र सुखड प्रहरीको टोली घटनास्थल पुगेको छ ।
प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक डम्मर बिष्टले जनाए । मृत्युको कारण पोस्टमार्टम रिपोर्ट पछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


