कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले थारु समुदायको अटवारी पर्वको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २०८३ साल भदौ २९ गते सोमबार गाउँपालिकाभित्र सार्वजनिक बिदा रहने जनाएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारुका अनुसार अटवारी पर्वका अवसरमा उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा रहनेछ। गाउँ कार्यपालिकाको २०८३/०५/१८ गतेको निर्णयअनुसार स्थानीय पर्वका रूपमा अटवारीमा बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।
गाउँपालिकाले अटवारी पर्वका अवसरमा बिदा सम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराउन सार्वजनिक सूचना जारी गरेको हो।



