सिफारिस

खापर मेडिकल बर्दगोरियाका सञ्चालक कुँवरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग

बर्दगोरिया । बर्दगोरियाका युवा तथा खापर मेडिकल हलका सञ्चालक झनक बहादुर कुँवरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहिवार ५० हजार ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उनले उक्त रकम सहयोग गरेका हुन्।

प्राकृतिक विपद्का कारण प्रभावित बनेका नागरिकहरूलाई तत्काल राहत तथा उद्धारको आवश्यकता परिरहेका बेला सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोगका लागि सबै पक्षसँग आह्वान गरेको थियो।

सोही आह्वानलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले कुँवरले कोषमा आफ्नो तर्फबाट ५० हजार ५ रुपैयाँ सहयोग गरेका हुन्। बर्दगोरियाबाट मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी कुँवरले पनि विपद्को पीडामा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त सहयोग प्रदान गरेको बताएका छ्न । उनले बाढीका कारण सिङ्गो देश कठिन अबस्थामा पुगेको बताउदै यस परिस्थितिमा नागरिकले राज्यलाई सक्दो सहयोग गर्नुपर्ने नागरिक कर्तव्य भएको भन्दै सबैलाई सक्दो सहयोग अभियानमा जोडिन आग्रह गरेका छ्न  ।

विपद् कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई समग्र देशको साझा चुनौती भएको उल्लेख गर्दै कठिन परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएका युवा व्यवसायी कुवरबाट गरिएको यस्तो सहयोगले अन्य व्यक्ति तथा व्यवसायीहरूलाई समेत विपद्का बेला सहयोगका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार अभियानलाई नागरिक तहबाट प्राप्त हुने सहयोग महत्वपूर्ण हुने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित समाचार