सिफारिस

बर्दगोरियामा नयाँ सशस्त्र प्रहरी नायब निरीक्षक पोख्रेललाई स्वागत

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरुवा भई कार्यभार सम्हाल्न आउनुभएका सशस्त्र प्रहरी नायब निरीक्षक विश्वनाथ पोख्रेललाई स्वागत गरिएको छ।

मंगलबार बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले सशस्त्र प्रहरी बेस क्याम्प झगडपुर कैलालीको नेतृत्व सम्हाल्न आउनु भएका पोख्रेललाई स्वागत गर्नुभएको हो। स्वागत भेटघाटका क्रममा अध्यक्ष कुँवरले शान्ति–सुरक्षा कायम गर्न, विपद् व्यवस्थापन तथा समुदायसँग समन्वय र सहकार्य गर्न सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

अध्यक्ष कुँवरले नायब निरीक्षक पोख्रेलको बर्दगोरियामा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्थानीय तह र सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

स्वागतपछि नायब निरीक्षक पोख्रेलले स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकको सुरक्षा तथा सेवामा आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो।

स्वागत कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्म बहादुर थारु, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बिक लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार