काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्ने बताएको छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।


