सिफारिस

बर्दगोरियामा ट्रकको ठक्करबाट समाजसेवी तथा महिला नेतृ सापकोटाको मृत्यु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ। सोमबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित मुडा पुल नजिकै ट्रकको ठक्करबाट स्कुटर चालक बर्दगोरिया ४ कोटागढी बजार निवाशी स्थानीय साबित्रा सापकोटाको मृत्यु भएको हो।पश्चिमबाट पुर्वतर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ख ३६९५ नम्बर को ट्रकले सोही दिशाबाट बौनियातर्फ आउदै गरेको लु.प्र.०१-०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको जनाईएको छ।

दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।

दुर्घटना पछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ। मृतक सापकोटाको शव पोस्टमार्टमका लागि दोदोधरा अस्पतालमा राखिएको छ ।

सापकोटा लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेकी थिइन । उनी नेकपा एमाले निकट अखिल नेपाल महिला संघकि केन्द्रिय सदस्य तथा एमाले सुदुरपश्चिम् प्रदेशकि सल्लाहकार सदस्य थिइन ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार