सिफारिस

बाजुरामा पहिरोमा परी एकजना बेपत्ता

बाजुरा । बाजुरामा पहिरोमा परी एकजना बेपत्ता भएका छन् । दुईजना घाइते भएका प्रहरीले बताएको छ ।

त्रिवेणी नगरपालिका–९ ताम्सुमा वर्षापछि आएको पहिरोमा दुईजना सामान्य घाइते भएका हुन् । सोही पहिरोमा एकजना बेपत्ता भएका छन् ।

पहिरोले दुई घरमा क्षति पुगेको छ ।  त्रिवेणी नगरपालिका–९ ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको छ । सोही घरपरिवारका दुईजना सामान्य घाइते भएको र एकजना बेपत्ता हुन् । बेपत्ता व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार