सिफारिस

धनगढी विमानस्थल स्तरोन्नतिको लागि व्यवसायीको माग

कैलाली ।  धनगढी विमानस्थल स्तरोन्नति तथा सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार एवं सुदृढीकरणका लागि संघ सरकारसँग  पर्यटन व्यवसायीहरूले  माग गरेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स  सुदूरपश्चिमले  विमानस्थललाई आधुनिक, सुरक्षित र दीर्घकालीन क्षमतासहितको विमानस्थलका रूपमा विकास गर्न सरकारसँग माग गरेको नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले बताए ।

सहभागीले विमानस्थलको स्तरोन्नति हुन नसक्दा सुदूरपश्चिममा पर्यटन, व्यापार, लगानी र आर्थिक गतिविधिको विस्तारमा समेत असर परेकाबारे मन्त्रीलगायत अधिकारीको ध्यानाकर्षण गराए ।

सुदूरपश्चिममा खप्तड, शुक्लाफाँटा, अपी–नाम्पा, रामारोशन, बडीमालिका, घोडाघोडीलगायत पर्यटकीय क्षेत्र रहे पनि सहज हवाई पहुँचको अभावमा ती क्षेत्रको पर्यटन सम्भावना उपेक्षित बनेको व्यवसायीहरूको भनाइ छ  । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार