सिफारिस

अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म ,हप्तामा दुई दिन बिदा !

काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ ।

त्यस्तै, सरकारले भोलि ( २३ चैत) बाट लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।

यसैगरी सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार (चैत २३)देखि नै सातामा दुई दिन बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार