सिफारिस

यी हुन कर्णाली प्रदेशले गरेका निर्णयहरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको हो ।

सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको बताए । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई खटाउने निर्णय भएको छ ।

योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणापत्रलाई समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ ।

बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?