सिफारिस

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृतु

लम्की,कैलाली । कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि भल्का अस्पताल, लम्की लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार