सिफारिस

जानकी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

कैलाली, जेठ १८ । कैलालीको जानकी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्म गाउँपालिकाभित्र ०–१५ महिनासम्मका ७१८ जना, १६–२३ महिनासम्मका ५३१ जना तथा २४–५९ महिनासम्मका १ हजार ७३९ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन्।

गाउँपालिकामा शून्य डोजका बालबालिका नरहेको तथा ड्रपआउट भएका ६ जना बालबालिकालाई समेत पूर्ण खोप सुनिश्चित गरिएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो।

पालिका खोप समन्वय समितिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालमती कठरिया प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्सिङ सुपरभाइजर ओलट नारायण चापागाई, खोप सुपरभाइजर प्रदीप जोशीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै पूर्णखोप सुनिश्चितता तथा दिगोपनालाई निरन्तर कायम राख्न समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै खोप कार्यक्रमलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?