सिफारिस

कैलालीको जानकी गाउँपालिका स्थित नहरमा एक पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

जानकी । कैलालीको जानकी गाउँपालिका–९ स्थित खैरीफाँटा क्षेत्र नजिक रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। आज बिहान करिब ८ बजे पानीसँगै बग्दै आएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार मृतक करिब ४०–४५ वर्ष उमेर समूहका देखिन्छन्। उनको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

घटना बारे आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई टीकापुर अस्पतालको शवगृहमा राखिएको छ। मृतकको पहिचान खुलाउन तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार