सिफारिस

लम्कीचुहामा हाइस र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु

बर्दगोरिया । नयाँ वर्ष २०८३ को दिन कैलालीको लम्कीचुहामा हाईस र माेटरसाइकल एक आपसमा ठाेक्किदा दुई जनाकाे मृत्युु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका- ७ गुलरामा मंगलबार साँझ करिब सवा ६ बजेतिर पश्चिम बाट पुर्वतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ज १४२१ नम्बरको हाईस र पुर्वबाट पश्चिम् आउदै गरेको सु.प.प्र. ०१०१३ प ५१३९ नम्बरको माेटरसाइकल आपसमा ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा माेटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारकाे मृत्यु भएको जिल्ला  प्रहरी  कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगाेरिया अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार